
अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले उत्पादन र रोजगार : समृद्धिको आधार भन्ने नारालाई आत्मसात गरी औद्योगिकीकरणको गतिलाई तीव्रता दिने बताएका छन्।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै डा. महतले औद्योगिक प्रवर्द्धन, पूर्वाधार एवं मानव संशाधन विकास र असल औद्योगिक सम्बन्ध कायम गरी उत्पादन र उत्पादकत्व वृद्धि गरिने उल्लेख गरे।
यस्तै, उद्योग क्षेत्रमा स्वदेशी तथा विदेशी पुँजी र प्रविधि आकर्षण गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गरिने बजेटमा उल्लेख गरिएको छ।