रास्वपा सांसद विन्दवासिनी कंसाकारले लिइन् शपथ

सोमबार, १५ जेठ, २०८०
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीकी समानुपातिक सांसद विन्दवासिनी कंसाकारले शपथग्रहण गरेकी छिन्। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

रास्वपाले ढाकाकुमार श्रेष्ठको ठाउँमा एसिड आक्रमणपीडित कंसाकारलाई सांसद बनाएको हो। मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले ढाकालाई निष्कासन गरेको थियो।

पद तथा गोपनीयताको शपथ लिँदै सांसद विन्दवासिनीले जलनपीडितको  प्रतिनिधित्व गर्दै उनीहरूका लागि आवाज उठाउने प्रतिबद्धता जनाएकी छिन्।

सुझावित समाचार