१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १o:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सुनवलमा सानिमा बैंकको शाखा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:५३:oo

सानिमा बैंक लिमिटेडले नवलपरासीको सुनवल चोक, सुनवल नगरपालिका–४ मा शाखा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य तथा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले गरेका छन् । 

समुद्घाटन समारोहमा महजोडीले नवलपरासीको सुनवलमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकका रूपमा निरन्तर विस्तार हुन र थप सफलताका लागि शुभकामना व्यक्त गरे ।

त्यसैगरी, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले बैंकका ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे । सानिमा बैंकका देशका सातै प्रदेशमा एक सय ३२ वटा कार्यालय र एक सय २२ वटा एटिएम सञ्चालनमा रहेका छन् ।  
 

ad
ad