मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o जेठ १३ शनिबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८o जेठ १३ शनिबार १o:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रमुख तीन दलका शीर्ष नेता छलफलमा  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o जेठ १३ शनिबार १o:१२:oo

प्रमुख तीन ठूला पार्टीका शीर्ष नेताहरू सदनको कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफलमा जुटेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान भएको छलफलमा सदनलाई सञ्चालन गर्ने विषयमा कुराकानी भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ।  

छलफलमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेकपा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र एमालेका प्रमुख सचेतक पदम गिरीको सहभागिता रहेको छ।

सत्तापक्ष र प्रतिपक्षबीच असमझदारी हुँदा संसद् बैठक प्रभावित भएको छ। शुक्रबारको प्रतिनिधिसभाको बैठक प्रमुख प्रतिपक्षी एमालेकाे अवरोधका कारण नियमित कारबाहीमा प्रवेश गर्न नसक्दा  प्रभावित भएको थियाे।