Skip This
हावाहुरीले विद्यालयको छानो उडाउँदा पठनपाठनमा समस्या      
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ११ बिहीबार
  • Saturday, 27 July, 2024
गगन अयडी बाजुरा
२o८o जेठ ११ बिहीबार १६:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हावाहुरीले विद्यालयको छानो उडाउँदा पठनपाठनमा समस्या      

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
२o८o जेठ ११ बिहीबार १६:१९:oo

मंगलबार राति अविरल वर्षासँगै आएको हावाहुरीले विद्यालयको छानो उडाउँदा पठनपाठन प्रभावित भएको छ।

त्रिवेणी नगरपालिका–५ किम्नीमा रहेको जनज्योति प्राथमिक विद्यालयको दुईकोठे भवनको छानो उडाउँदा विद्यार्थीको पठनपाठनमा समस्या भएको हो।

विद्यालयका प्रधानाध्यापक यशोदा शाहीले मंगलबार राति हावाहुरीले विद्यालय र ट्वाइलटको छानो उडाएर बताइन्।

शाहीले भनिन्, ‘छानो उडाएपछि अहिले एकदेखि कक्षा तीनसम्मका विद्यार्थी एउटै कोठामा पठनपाठन गराउनुपर्ने बाध्यता छ। सबै विद्यार्थी सँगै बसेर पढ्नुपर्दा उनीहरूको पठनपाठनमा समस्या आएको छ।’

उनका अनुसार विद्यालयको अफिस कोठामा समेत हावाहुरीले क्षति पुर्‍याएको छ। हावाहुरीले भवन उडाएपछि आफूहरूलाई पढ्न निकै समस्या भएको कक्षा ३ मा अध्ययनरत भोवी बुढाले बताइन्।

त्रिवेणी नगरपालिका नगरप्रमुख कर्ण थापाले हावाहुरीले विद्यालय भवनमा सामान्य क्षति पुर्‍याएको खबर आएको तर आधिकारिक कुनै जानकारी नआएको बताए।