१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
श्रवण थापा सर्लाही
२o८१ बैशाख २१ शुक्रबार १o:५१:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

उष्ण बागवानी केन्द्र नवलपुरको आँप अहिलेसम्मकै धेरै मूल्यमा ठेक्का

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:५१:oo

उष्ण प्रदेशीय बागवानी केन्द्र नवलपुरमा यस सिजन अहिलेसम्मकै धेरै मूल्यमा आँप ठेक्का लागेको छ। लालबन्दी नगरपालिका– १, नवलपुरमा रहेको देशकै ठूलो उष्ण प्रदेशीय बागवानी केन्द्रले आफ्नो इतिहासमा अहिलेसम्मकै धेरै मूल्यमा आँप बेचेको हो ।

केन्द्रले यसपटक आँप एक करोड ११ लाख ६० हजार रुपैयाँमा ठेक्का लगाएको जनाएको हो । उत्पादन राम्रो हुँदा अहिलेसम्मकै धेरै मूल्यमा पहिलोपटक आँप ठेक्का लगाउन सफल भएको केन्द्रका निमित्त प्रमुख रामकुमार यादवले जानकारी दिए । 

यस बगानको आँप गत वर्ष केन्द्रले दुई लाख मात्रमा ठेक्का लगाएको थियो । गत वर्ष उत्पादन थोरै भएपछि आँपबाट राजस्व निकै कम संकलन भएको थियो । यस वर्ष केन्द्रले दुई करोडभन्दा बढी राजस्व संकलन गर्ने लक्ष्य राखेकोसमेत केन्द्रका निमित्त प्रमुख यादवले बताए । १८५.५४ हेक्टर क्षेत्रफलमा फैलिएको यस बागवानी केन्द्रमा विभिन्न ३५ जातका ६ हजार बढी आँपका रूख रहेका छन् ।

यस्तै केन्द्रले यस वर्ष १२ लाख १८ हजारमा लिची ठेक्का लगाएको छ । गत वर्षको तुलनामा यस सिजन लिची कम फलेको केन्द्रले जनाएको छ । तर, लिचीको बजार मूल्य राम्रो भएकोले केही बढीमा ठेक्का लागेको केन्द्रका निमित्त प्रमुख यादवले जानकारी दिए । यस बागवानीमा आठ जातका ६ सय २१ बोट लिची छन् । 

बागवानीको व्यवस्थापन र स्याहारका कारण धेरै फल लागेको उनको कथन छ । ‘यस वर्ष हामीले बागवानीको राम्रो व्यवस्थापन गर्‍यौँ,’ उनले भने, समयमा मलजल र औषधि पाएर पनि बोटमा राम्रो फल लाग्यो । अन्तको तुलनामा धेरै उत्पादन भएको छ । यस बागवानीले नेपालमै पहिलोपटक फलफूलको बोटमा सजिलै स्प्रे गर्न मिल्ने मेसिन ल्याएको जनाएको छ । २४ लाख लागतमा ६० फिट माथिसम्म औषधि छर्न मिल्ने मेसिन प्रयोगमा ल्याएको केन्द्र प्रमुख यादवले बताए।

यस बागवानी केन्द्रमा भारत, पाकिस्तान र थाइल्यान्डलगायतको देशमा पाइने आँपका जातहरू बम्बई, मालदह, दसहरी, आम्रपाली, कलकतिया, निलम, मलिका, सुकतारा, सिपिया, कृष्णभोग, अमनदसहरी, फजिली, अनबरतौल, नुरजाहा र अबेहयात जातका आँपका बोट छन् । अर्लिलार्ज रेड, शाही, मुज्फरपुर, सिडलेस, मैक्लिन, बम्बई, कलकतिया र चाइन गरी आठ प्रजातिका लिचीका बोट रहेको यादवले बताए । यहाँ उत्पादन भएका आँप, लिची जेठदेखि भदौसम्म देशका विभिन्न सहरसम्म पुग्ने गरेका छन् ।

ad
ad