Skip This
भुटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षकको कुनै संलग्नता छैन : नेपाल प्रहरी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १६ बुधबार
  • Wednesday, 29 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १६ बुधबार २o:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

भुटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षकको कुनै संलग्नता छैन : नेपाल प्रहरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १६ बुधबार २o:२o:oo

नेपाल प्रहरीले भुटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षकको कुनै संलग्नता नरहेको बताएको छ। 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले आज एक विज्ञप्ति जारी गरी नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवरको कुनै संलग्नता नरहेको बताए। 

'कुनै आधार, तथ्य र प्रमाणविना अपराध अनुसन्धानजस्तो संवेदनशील विषयमा सम्प्रेषण गरिएको समाचारले जनमानसमा भ्रम सिर्जना हुन जाने र नेपाल प्रहरी संगठनकै विश्वसनीयता, छवि तथा चेन अफ कमान्डमा समेत आँच आउने हुँदा उक्त समाचारप्रति नेपाल प्रहरी प्रधान कार्यालयको पूर्ण असहमति रहेको छ,' प्रवक्ता कडायतद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

प्रहरीले कुनै दुई व्यक्तिले गरेको संवादकै आधारमा शरणार्थी प्रकरणका आरोपितबाट प्रहरी प्रमुख स्वयंले नै आर्थिक फाइदा लिएको भन्ने अतिशयोक्ति तथ्य स्थापित गर्न खोजी प्रहरी महानिरीक्षकलाई विवादमा तानिनु अत्यन्त निन्दनीय भएको बताएको छ।

प्रवक्ता कडायतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीले नै सफल अनुसन्धान गरी मुद्दा पेस गरिसकेको अवस्थामा कल्पित रूपमा समाचार बनाई आरोपित भगाउन प्रहरी महानिरीक्षक नै संलग्न भएको प्रचारबाजी गरिनु संगठनकै लागि अत्यन्त दुःखद रहेको बताए। 

'नेपाल प्रहरी सदैव संविधान, कानुन र संगठनको आफ्नै मूल्य, मान्यतामा अडिग रही दोषी नछुटून्, निर्दोष नफसून् भन्नेमा सचेत र प्रतिबद्ध छ,' विज्ञप्तिमा भनिएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले प्रहरी महानिरीक्षकले नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपीलाई जोगाउन भूमिका खेलेको भन्दै उनलाई निलम्बन गरी सत्यतथ्य छानबिन गर्नुपर्छ भनी गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए।  

ad
ad
ad
ad