१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १० बुधबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ १० बुधबार १५:१३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सांसद यादवकाे प्रस्ताव- राष्ट्रिय योजना आयोग खारेज गरौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ १० बुधबार १५:१३:oo

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय योजना आयोग खारेज गर्नुपर्ने बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष यादवले राष्ट्रिय योजना आयोग खारेज गर्नुपर्ने माग गरेका हुन्। 

उनले राष्ट्रिय योजना आयोगको कुनै काम नभएको उल्लेख गर्दै यसले खर्च मात्रै बढाएको बताए। उनले आयोगको ठाउँमा प्रधानमन्त्रीको आर्थिक सल्लाहकार समिति निर्माण गर्न सुझाव दिए।

नीति तथा कार्यक्रम संघीयता कार्यान्वयन गर्ने गरी नआएको बताउँदै अध्यक्ष यादवले नीति तथा कार्यक्रमले संघीयताविरोधी भाव बोकेको उनको भनाइ छ। अध्यक्ष यादवले नीति तथा कार्यक्रम शब्द, साहित्य र कल्पनाहरूले भरिपूर्ण भएको टिप्पणी गरे।