मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०८० जेठ १० बुधबार ११:२०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

क्रिकेट खेलाडीलाई राष्ट्रिय वाणिज्य बैंकको सम्मान

Read Time : < 1 मिनेट
२०८० जेठ १० बुधबार ११:२०:००

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी तथा अफिसियलहरूलाई सम्मान गरेको छ । बैंकले उनीहरूको योगदानको उच्च सम्मानार्थ तथा अझै उच्च सफलता हासिल गर्न उत्प्रेरणा प्रदान गर्ने उद्देश्यले सम्मान गरेको हो । 

हालै सम्पन्न एसिसी प्रिमियर कप २०२३ को विजेता भएको राष्ट्रिय क्रिकेट टिमका १८ जना खेलाडीलाई जनही एक लाख रुपैयाँ र आठजना टिम अफिसियललाई जनही ५० हजार रुपैयाँ नगद प्रदान गरेको बैंकले जनाएको छ । कार्यक्रममा बैंकका अध्यक्ष डा. बलराम पाठकले खेलाडी तथा टिम अफिसियललाई सम्मान गर्दै नेपाललाई विश्वमा चिनाउने क्षेत्रमा क्रिकेट पनि थपिएको बताए । आगामी दिनमा पनि सहयोग गर्न सकिने उनको भनाइ थियो । 

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले अन्तर्र्रािष्ट्रय रूपमा क्रिकेटले राष्ट्रको नाम उच्च बनाएको बताए । बैंकले अन्य खेलकुदलाई पनि सहयोग गरको उनको भनाइ थियो । क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले अन्तर्र्रािष्ट्रय रूपमा नेपालको नाम क्रिकेटले चिनाएको उल्लेख गर्दै बैंकको सहयोगले आगामी दिनमा अगाडि बढ्न हौसला पुगेको बताए ।

कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्यहरू, नायब प्रमुख कार्यकारी अधिकृतद्वय देवेन्द्ररमण खनाल र सरस्वती अधिकारी, उपकार्यकारी अधिकृतहरू देवेशप्रसाद लोहनी, विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेल, दुर्गाकुमारी कँडेललगायतको उपस्थिति रहेको जनाइएको छ ।  

हाल बैंकले ७७ जिल्लाका सबै सदरमुकामसहित दुई सय ७१ शाखा, ५२ एक्सटेन्सन काउन्टर, दुई सय ६९ एटिएम र ९९ शाखारहित बैंकिङमार्फत सेवा दिइरहेको जनाएको छ ।