हामीले नेपालको छानबिन देखेका छौँ, नेपालको थुप्रै कुरा भोगेर आएका छौँ
एमाले अध्यक्ष केपी ओलीले शरणार्थी प्रकरणमा बदनियतका साथ एमालेलाई मुछ्न खोजिए सह्य नहुने चेतावनी दिएका छन् । पार्टीसम्बद्ध जनवर्गीय संगठनका पदाधिकारीको संयुक्त बैठकमा मंगलबार ओलीले भने, ‘सञ्जाल र मिडियाको प्रयोग गरेर, विभिन्न कुरा बजारमा छरेर, त्यसैलाई स्थापित गर्ने योजनाबद्ध प्रयास गरेर, करकापसहित मान्छेलाई नाम उच्चारण गर्न लगाएर एमालेलाई मुछ्न खोजिन्छ, हिलो छ्याप्न खोजिन्छ भने सह्य हुनेछैन । हामीले नेपालको छानबिन देखेका छौँ, नेपालको थुप्रै कुरा भोगेर आएका छौँ ।’