
अर्थमन्त्री डा. प्रकाशशरण महत र अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का डेपुटी भाइस प्रेसिडेन्ट जोनाथन ब्रुक्सबीच भेटवार्ता भएको छ।
सोमबार अर्थ मन्त्रालयमा ब्रुक्स र अर्थमन्त्रीबीच भेटवार्ता भएको हो। अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्रीसहित अर्थसचिव अर्जुन पोखरेल पनि सहभागी थिए।
ब्रुक्सले शनिबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि एमसिसी परियोजना कार्यान्वयनको विषयमा छलफल गरेका थिए।