मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ ८ सोमबार १६:०१:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

८ अंकले बढ्यो नेप्से, एक अर्ब २७ करोडको कारोबार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ ८ सोमबार १६:०१:००

आज पनि सेयर बजार सामान्य अंकले बढेको छ। सेयर बजार परिसूचक नेप्से आज ८.१० अंकले बढेर १८९१.३१ बिन्दुमा पुगेको छ। आज बैंक र व्यापार समूहको सेयर सामान्य अंकले घटे पनि बाँकी सबै समूहको सेयर उकालो लागेको छ। 

आइतबारको तुलनामा बजार बढे पनि कारोबार रकममा भने कमी आएको छ। हिजो एक अर्ब ६० करोड रुपैयाँको सेयर कारोबार भएकोमा आज दुई सय ७२ वटा कम्पनीका ३४ लाख ९५ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब २७ करोड ८७ लाख रुपैयाँबराबरको कारोबार भएको छ।

सबैभन्दा धेरै शिवम् सिमेन्टको ७ करोड ३४ लाख रुपैयाँको सेयर किनबेच भयो। यसदिन सबैभन्दा धेरै आत्मनिर्भर लघुवित्तको सेयर १० प्रतिशत र युनिलिभर नेपालको सेयर सात प्रतिशतले बढेको छ।