१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार ११:१८:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

पूर्वाञ्चल विश्वविद्यालयले बैंक तथा वित्तीय विषयमा पाठ्यक्रम निर्माण गर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:१८:oo

बैंक तथा वित्तीय विषयमा छुट्टै पाठ्यक्रम निर्माण गर्न बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) र पूर्वाञ्चल विश्वविद्यालयबीच सम्झौता भएको छ । नेपालको बैंकिङ क्षेत्रमा देखिएको आवश्यकता, बजारमा उपलब्ध जनशक्ति, आमविद्यार्थीको बैंकिङ क्षेत्रप्रतिको आकर्षणलाई मध्यनजर गर्दै दक्ष एवं प्रतिस्पर्धी जनशक्ति उत्पादन तथा उपयोगका लागि अन्तर्राष्ट्रियस्तरको पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गर्ने उद्देश्यले नयाँ पाठ्यक्रम निर्माण गर्न लागिएको हो ।  

सम्झौतामा सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यान र पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइरालाले हस्ताक्षर गरेको जनाइएको छ । कर्जा जोखिम, सम्पत्ति व्यवस्थापन, तरलता र जोखिम मूल्यांकन, तरलता र जोखिम व्यवस्थापन, वित्तीय उपकरण विकास, वित्तीय इन्जिनियरिङ, डिजिटल–क्रिप्टो करेन्सी, वित्तीय मोडेलिङ, वित्तीय स्थायित्व, वित्तीय समावेशीकरण, डिजिटल फाइनान्स, छाया बैंकिङ, स्टार्टअप बिजनेस, स्वउद्यमशीलताजस्ता विषयहरू तथा बैंकिङ क्षेत्रमा प्रवेश गरिसकेपछि व्यावहारिक रूपमा सम्पादन गर्नुपर्ने कार्यहरूका विषयमा पाठ्यक्रम निर्माण हुने बताइएको छ । 

यस्तै, विदेशी मुद्रा नीति, विदेशी विनिमय व्यवस्थापन, विदेशी विनिमय दर र विदेशी मुद्रा नीतिमा यसको प्रभाव, भुक्तानी प्रणाली विकास, भुक्तानी उपकरण, भुक्तानी प्रणाली पूर्वाधार, इलेक्ट्रोनिक भुक्तानी प्रणाली, इ–बैंकिङ–डिजिटल बैंकिङ, ब्याजदर, निक्षेप, कर्जा, पुँजी बजारको विकास, पुँजी बजारका साधन र पूर्वाधारजस्ता विषयहरूमा प्राप्त हुने व्यावहारिक ज्ञानले कार्यसम्पादनमा चुस्तता एवं निपुणता विकास हुनुका साथै वर्तमान तथा भविष्यमा बैंकिङ क्षेत्रमा देखिने जोखिम व्यवस्थापनसहित बैंकिङ क्षेत्रको दिगो विकासमा महŒवपूर्ण सहयोग पुग्ने अपेक्षा राखिएको छ । प्रारम्भिक चरणमा स्नात्तकोत्तर तहमा लागू हुने यस पाठ्यक्रमलाई बिस्तारै तल्लो तहबाट नै लागू हुने गरी थप पाठ्यक्रम निर्माण गर्ने लक्ष्य राखिएको सिबिफिनले जनाएको छ । 

सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानले सम्झौताको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै बैंकिङ बजारको आवश्यकताको परिपूर्ति मात्र नभई स्तरीय शिक्षाका लागि ठूलो संख्यामा बिदेसिने युवा जनशक्ति र धनराशिलाई पनि रोक्न सकिने बताए । नेपाललाई शैक्षिक पर्यटनका रूपमा विकास गर्न पनि यस सम्झौताको कार्यान्वयनले महत्वपूर्ण टेवा पुग्ने उनको भनाइ छ ।उपकुलपति प्रा.डा. कोइरालाले निर्माण हुने पाठ्यक्रम पूर्वाञ्चल विश्वविद्यालयमा लागू गर्ने बताउँदै उक्त पाठ्यक्रमले बंैकिङ क्षेत्रमा विश्वस्तरमै प्रतिस्पर्धा गर्न सक्ने सक्षम जनशक्ति उत्पादनमा ठोस योगदान पुग्ने विश्वास व्यक्त गरे । 

ad
ad