Skip This
ढोरपाटन नगरपालिकाका मेयर नेपाली सम्पर्कबिहिन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ८ सोमबार
  • Friday, 26 July, 2024
२o८o जेठ ८ सोमबार १o:१७:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

ढोरपाटन नगरपालिकाका मेयर नेपाली सम्पर्कबिहिन

प्रहरीको खोजतलास जारी

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८o जेठ ८ सोमबार १o:१७:oo

बागलुङको ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपाली सम्पर्कबिहिन भएका छन । नेपाली अध्यक्ष रहेको इमेज बचत तथा ऋण सहकारी संस्थामा आर्थिक समस्या आएर कारोबार विग्रिएपछि उनी सम्पर्कबिहिन भएका छन् । नेपालीले मोबाइल अफ गरी सम्पर्कबिहिन भएपछि प्रहरीले खोजतलास गरी रहेको छ। नेपालीले सेयर सदस्य र बचतकर्ताहरुको दुई तीन अर्ब रकम अपचलन गरी भागेको आरोप रहेको छ । 

 शुक्रबारदेखि उनी सम्पर्कबिहिन भएपछि नेपालीको बारेमा खोजतलास भइ रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक योगेन्द्र खड्काले जानकारी दिए। नेपालीले आफनो मोबाइल अफ गरेका छन् । नेपालीको गाडी चालक पनि सम्पर्कबिहिन भएको शेयर सदस्यहरु बताउँछन् ।

 सहकारीका अरु संचालक पनि  मोबाइल अफ गरी सम्पर्कबिहिन भएका छन्। सेयर सदस्य र बचतकर्ताहरुले नेपाली भाग्न सक्ने आशंका गरी नेपालीलाई पक्राउ गरी बचतको रकम सुरक्षित ढंगले फिर्ता गर्ने वातावरण बनाई दिन जिल्ला प्रशासन कार्यालय बागलुङमा उजुरी दिएका छन्। उजुरी आएपछि जिल्ला प्रशासन कार्यालय बागलुङले यात्रु अनुमति रोक्का गरी र पक्राउ गरी अनुसन्धान गर्न  गृहमन्त्रालय र अध्यागमन विभागलाई पत्राचार गरेको छ ।

यस बारेमा प्रशासनले गण्डकी प्रदेशको सहकारी विभाग र केन्द्रीय सहकारी विभागलाई जानकारी गराएको छ।  नेपाली जेठ १ गते बागलुङ बजारबाट बुर्तिबाङ बजार गएको जानकारीमा आएको छ। उनी सपरिवार सहित जेठ ५ गतेदेखि बुर्तिबाङ बजारबाट सम्पर्कबिहिन भएको स्थानीय बताउँछन।  नेपालीले शुक्रबार इलाका प्रहरी कार्यालय बुर्तिबाङलाई आफनो सुरक्षा नभएको र स्वास्थ्यमा समस्या आएको भनि निवेदन दिएका थिए । यस्तो निवेदन आएपछि अध्यक्ष नेपाली भाग्न सक्ने प्रहरीले अनुमान गरी नजिकबाट नेपालीको गतिविधिलाई अनुसन्धान गरी रहेको थियो ।

अध्यक्ष नेपालीले जेठ १ गते सेयर सदस्य र बचतकर्ताहरुको बागलुङ बजारमा भेला गरी आफनो सम्पत्ति बेचेर भएपनि सबैको पैसा फिर्ता दिने भन्दै आफूलाई छ महिनाको समय दिन अनुरोध गरेका थिए। सहकारीमा तरलताको अभाव भएपछि बचतकर्ताहरुको रकम फिर्ता गर्न सकेको थिएन। २०६९ सालदेखि बागलुङ सदरमुकाममा सेवा दिदै आएको सहकारीले बागलुङ बजारको साथै बुर्तिवाङ र गण्डकी प्रदेशको राजधानी पोखरामा समेत कार्यालय संचालन गर्दैै आएको थियो ।

यात्रा अनुमति रद्द गराउन गृह मन्त्रालयबाट पत्रचार
नगरपालिकाका प्रमुख नेपालीसहित बागलुङमा कार्यालय रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारीलाई यात्रा अनुमति रद्द गराउन अध्यागमन विभागलाई  गृहमन्त्रालयले पत्राचार गरेको छ। शाखा अधिकृत परशुराम पोखरेलको हस्ताक्षरमा विभागलाई पठाइएको उक्त पत्र सार्वजनिक भएको हो । केही दिनदेखि नगर प्रमुख नेपालीसहित सहकारीका पदाधिकारी सम्पर्कबिहिन छन् ।

ढोरपाटन नगरपालिका १ र बागलुङ नगरपालिका २ मा कार्यालय रहेको सहकारीको अध्यक्ष समेत रहेका प्रमुख नेपाली भागेर विदेश जान सक्ने भएकोले यात्रा अनुमति रद्द गराउन जिल्ला प्रशासन कार्यालयले गृहमा आग्रह गरेको थियो। संस्थापक अध्यक्षको रुपमा नेपालीसहित सहकारीको कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन, संचालक चित्रबहादुर भण्डारी, सदस्य रुपा विक र अर्का सदस्य झगबहादुर शाहीको यात्रा अनुमति रद्द गर्न गृह मन्त्रालयले पत्रचार गरेको हो। विक गलकोट नगरपालिका ११ र शाही निसीखोला गाउँपालिका ३ का बासिन्दा हुन् भने अरु सबै ढोरपाटन नगरपालिका १ का बासिन्दा हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित अन्य नाकामा पनि नेपालीलाई रोक्न प्रहरी संयन्त्र समेत परिचालन भएको सहायक प्रजिअ चित्राङगत बरालले जानकारी दिए। सहकारीले एक महिना अघिदेखि तरलता अभाव भन्दै कारोबार बन्द गराएको र दैनिक बचतकर्ताले धर्ना दिने गरिरहेका छन्।

 भुक्तानी खोज्ने बचतकर्ताले गत वैशाख पहिलो सातादेखि नै सहकारीको शाखामा धाइरहेका छन् । छिटफुट रुपमा प्रतिव्यक्ति पाँच हजार मात्रै रकम फिर्ता दिएको सहकारीले करोडौं रुपैयाँ बचत संकलन गरेको छ । १८ प्रतिशत ब्याज दिने भनेपछि कतिपयले बैंकबाट रकम लिएर सहकारीमा जम्मा गरेको खुलेको छ । आइतबार बेलुकी पनि बचतकर्ताले जिल्ला प्रशासनमा पुगेर आफ्नो रकम फिर्ता गरिदिन आग्रह गरेका थिए।

उपमेयरको कार्यकक्षमा कार्यबहाकको पत्र कहाँ, गए थाहा छैन 
 ढोरपाटन नगरपालिकामा नगरप्रमुख देव कुमार नेपालीले आफू नआउन्जुल कार्यवाहक भएर नगरपालिका चलाउनु भनि उपप्रमुख धनबहादुर कायतलाई दिएको पत्र कार्यकक्षमा टेबुलमा राखेर छाडिदिएका थिए ।  उपप्रमुख कायतका अनुसार आफनो कार्यकक्षको टेबलमा राखेको अवस्थामा कार्यबहाक प्रमुखको पत्र भेटिएको थियो ।  म आफनो कार्यकक्षमा जादाँ मेयर नेपालीले दिएकोे पत्र टेबलमा राखिएको अवस्थामा देखेपछि पत्र खोली हेर्दा कार्यबाहक दिएको पत्र रहेछ कायतले भने । 

मेयर नेपालीसँग लामो समयदेखि भेटघाट भएको थिएन् अचानक पत्र प्राप्त भयो । पत्रका मिति बैशाख ५ गते शुक्रबार रहेको छ,’ उनले भने,‘उहाँ के कामले कहाँ जानु भयो थाहा हुन सकेको छैन् ।’ गत साता बागलुङको ढोरपाटन नगरपालिकाका उप–प्रमुख कायतले बाढीपहिरो पीडितका नाममा देशविदेशबाट नगद र जिन्सी सामानको हिनामिना भएको विषयमा पीडितहरूलाई एक हप्ताभित्र लिखित उजुरी दिन आह्वान गरेका थिए ।

उप–प्रमुख कायतले एक विज्ञप्ति जारी गरेर बाढीपहिरोबाट ज्यान गुमाएका आफन्त र पीडितहरूलाई एक हप्ताभित्र लिखित उजुरी दिन आह्वान गरेका हुन।तत्कालीन नगर प्रमुख देवकुमार नेपालीले बाढीपहिरो पीडितलाई एकद्वार प्रणालीबाट आर्थिक सहयोग वितरण गर्ने भनेर करीब तीन करोड बैंकमा राखेका थिए ।त्यो रकम पीडितहरूलाई दिएको भनिएको छ । तर, वास्तविक पीडितहरूले अहिलेसम्म आर्थिक सहयोग नपाएको गुनासो गरेको भन्दै उप–प्रमुख कायतले वक्तव्य मार्फत चासो र चिन्ता व्यक्त गरेका थिए । २०७७ भदौ १७ गते गएको पहिरोले ढोरपाटनमा १ सय २६ घर बगाएको थियो ।  घटनामा २२ को मृत्यु र १५ जना बेपत्ता भएका थिए ।