१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ७ आइतबार
  • Friday, 09 May, 2025
२o८o जेठ ७ आइतबार १२:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दुम्किबासको एक क्याफेमा आगलागी हुँदा १२ लाखभन्दा बढीको क्षति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ ७ आइतबार १२:४४:oo

पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका– १ दुम्किबासस्थित गिल्ली क्याफेमा आगलागी हुँदा १२ लाखभन्दा बढीको क्षति भएको छ।

आगलागीबाट क्याफे जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिए। थमनबहादुर गुरुङले सञ्चालन गर्दै आएको क्याफेमा आगलागी भएको हो।

राति पौने १२ बजेतिर भएकाे आगलागी कावासोती र बर्दघाट नगरपालिकाको दमकल आएर पूर्ण रूपमा नियन्त्रणमा लिएको स्थानीय संगम गिरीले बताए। आगलागीबाट मानवीय क्षति भने भएको छैन।