१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ७ आइतबार
  • Sunday, 13 October, 2024
बिबिसी
२o८o जेठ ७ आइतबार o८:५६:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

भारतमा रोजगारी संकटको बहस 

Read Time : > 2 मिनेट
बिबिसी
नयाँ पत्रिका
२o८o जेठ ७ आइतबार o८:५६:oo

भारतीय अर्थतन्त्र ९ प्रतिशतसम्मको वृद्धिले अगाडि बढ्न सकेन भने युवाका लागि पर्याप्त रोजगारी सिर्जना गर्न सक्ने अवस्था छैन 

भारत विश्वको पाँचौँ ठूलो अर्थतन्त्र हो । बाँकी चार देशलाई हेर्ने हो भने यसले जनसंख्याबाट फाइदा लिन सक्छ । हालसालै मात्र भारतले जनसंख्यामा चीनलाई पछाडि छोडेर विश्वकै सर्वाधिक जनसंख्या भएको देश बनेको छ । यही भारतमा विश्वका अधिकांश युवा पनि छन्, जो भारतीय अर्थतन्त्रको मेरुदण्ड मानिन्छन् । तर, यही विषयलाई लिएर भारतमा चिन्ता सुरु हुन थालेको छ । चिन्ता हो, यति धेरै युवालाई आवश्यक पर्ने रोजगारी कहाँबाट सिर्जना हुन्छ ? केही विशेषज्ञले रोजगारीभन्दा ठूलो समस्या सीप रहेको बताएका छन् । उनीहरूका अनुसार रोजगारीलाई लिएर भारतीय युवामा हुनुपर्ने कुनै पनि सीप छैन । 

सुन्दर भविष्यको सपना बोकेर अजय काकडे गरिब किसान परिवारका सदस्य हुन् । यी दिनमा उनी टाइपिङ सिक्न भनेर प्रत्येक दिन महाराष्ट्रको बुल्ढाना सहर पुग्छन्, ताकि कतै राम्रो जागिर पाउन सकियोस् । उनलाई लाग्छ, अब खेती किसानीबाट गरिबी हट्न सम्भव छैन । उनी भन्छन्, ‘सरकारी जागिरमा मासिक ६०–७० हजार भारु खान्छन् । तर, मेरा बुबाले वर्षमा त्यति पनि कमाउँदैनन् । यो सब देखेर अझै कति समयसम्म गरिबीमै बिताउनुपर्ने हो भन्ने चिन्ता लाग्छ ।’

कुनै व्यवसाय गर्ने मान्छेले कामदार राख्नुपर्‍यो भने दसै हजारमा राख्छ । यसले अजयजस्ता गरिब परिवारको गुजारा चल्दैन । गुजारा चलोस् पनि कसरी ? भारतमा कुल जनसंख्याको ४७ प्रतिशत हिस्सा युवाको छ । तर, सबै युवावर्गका लागि रोजगारीको अवसर छैन । 

जो मानिस अहिले जागिर गर्ने युवावस्थाका छन्, केही समयपछि उनीहरू अधबैँसे बन्छन् । भविष्यलाई हेर्दै यदि अहिले उनीहरूले जागिर पाएनन् र पैसा कमाउन सकेनन् भने पछि गएर निकै समस्या पर्छ ।
 

गोखले इन्स्टिच्युट अफ पोलिटिक्स एन्ड इकोनोमिक्सकी प्रोफेसर अञ्जली राडकर डेमोग्राफी अध्यापन गर्छिन् । उनका अनुसार भारतमा तत्काल नयाँ रोजगार आवश्यक छ । जो मानिस अहिले जागिर गर्ने युवावस्थाका छन्, केही समयपछि उनीहरू अधबैँसे बन्छन् । भविष्यलाई हेर्दै यदि अहिले उनीहरूले जागिर पाएनन् र पैसा कमाउन सकेनन् भने पछि गएर निकै समस्या पर्छ । यस्तो अवस्था नआओस् भन्नका लागि अहिले प्रत्येक युवालाई रोजगारीको अवसर सिर्जना गर्नुपर्छ । 
अर्कातिर, केही विशेषज्ञले भारतमा युवाका लागि पर्याप्त रोजगारीका अवसर रहेको तर उनीहरूमा त्यसका लागि चाहिने सीप नभएको भन्छन् । यस्ता धेरै क्षेत्र छन्, जहाँ प्रशस्तै रोजगार पाइन्छ । तथापि, रोजगारका लागि प्रतिभा भने भारतीय युवामा छैन । 

यसरी हेर्दा समस्या दुईतर्फी देखिन्छ । जोसँग सीप र क्षमता छ, उनीहरूले यस्ता सानातिना जागिरमा रुचि दिँदैनन् । जहाँ केही विशेष खालका अवसर छन्, त्यहाँ योग्य युवा नै छैनन् । भए पनि कडा प्रतिस्पर्धा हुन्छ । 

पुणेवासी संगमेशले स्नातक तह उत्तीर्ण गर्नुअघि नै एउटा आइटी कम्पनीमा जागिर पाए । उनी कम्प्युटर इन्जिनियरिङ पढिरहेका छन् । उनले कोर्सबाहेक अतिरिक्त सीप पनि सिके, जसले गर्दा उनलाई जागिर पाउन सहयोग गर्‍यो । उनी भन्छन्, ‘लाइट हाउस ग्रुपले मलाई कम्युनिकेसन स्किल्सबारे सिकायो । यो स्किलमा कसरी अर्को व्यक्तिसँग कुरा गर्ने, कसरी चिनजान बढाउनेजस्ता कुरा थिए । यो ग्रुपसँग आबद्ध भएपछि सीप त सिकायो नै, अंग्रेजी भाषा पनि राम्रो बनायो ।’

भारतमा केही ठूला कम्पनी मिलेर लाइट हाउस कम्युनिटी फाउन्डेसन स्थापना गरे । भारतभरि फाउन्डेसनका २६ शाखा छन्, जहाँ अहिलेसम्म २० हजारजना युवालाई सीप शिक्षा दिइसकेको छ । यीमध्ये करिब १४ हजार युवाले जागिरसमेत पाएका छन् । 

लाइट हाउस कार्यक्रमकी नेसनल हेड अमृता बहुलकरका अनुसार जागिरका लागि चाहिने योग्यता अहिलेको सबैभन्दा ठूलो चिन्ता हो । प्रायः रोजगारदाता आफूले सही पात्र नभेटेको बताउँछन् । यस्तै, युवाले पनि उनीहरूको महत्वाकांक्षाले जागिर नभेटेको गुनासो गर्छन् । यस्तो स्थितिमा लाइट हाउस संस्थाले सबै पक्षलाई ल्याएर काम गर्ने गरेको छ, ताकि यो ग्याप भर्न सकियोस् । 

भारत विश्वको पाँचौँ ठूलो अर्थतन्त्र हो । बाँकी चार देशलाई हेर्ने हो भने भारतले जनसंख्याबाट फाइदा लिन सक्छ । पूर्वअर्थमन्त्री चिदम्बरम भन्छन्, ‘अहिले गर या मरको स्थिति होइन । प्रश्न त के यो गरिबीसँगै हामी अगाडि बढ्न सक्छौँ भन्ने हो । गम्भीर बेरोजगारीले अन्य समस्या पनि उत्पन्न हुन्छन् । अपराध, सामाजिक असुरक्षालगायत अन्य समस्या ननिम्तिएलान् भन्न सकिन्न । यदि भारतीय अर्थतन्त्र ९ प्रतिशतसम्मको वृद्धिले अगाडि बढ्न सकेन भने युवाका लागि पर्याप्त रोजगारी सिर्जना गर्न सकिँदैन ।’

केही विशेषज्ञले यो विषयमा भिन्न मत राख्छन् । लैंगिक, सामाजिक असमानताका साथसाथै धार्मिक भेदभाव पनि हटाउनुपर्ने उनीहरू बताउँछन् । समाजका कैयौँ ठूला तत्वलाई पछाडि छोडेर देश अगाडि बढ्न सक्दैन । अजय खेतीपाती छोडेर ठूलो सहर जान चाहन्छन् । त्यहीँ संगमेशले इन्जिनियर हुँदाहुँदै पनि अर्को सीप सिक्नुपर्‍यो । भारतका लाखौँ युवाको नियति यही हो । आशा पनि छ, छटपटी पनि छ ।