मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २३ शनिबार
  • Saturday, 09 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ ७ आइतबार ०८:५२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

गरिमा बैंकको वित्तीय साक्षरतासम्बन्धी भिडियो सार्वजनिक  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ ७ आइतबार ०८:५२:००

वित्तीय साक्षरताको अभावले नेपालमा डिजिटल ठगीसम्बन्धी बढ्दै गएको घटनालाई मध्यनजर गर्दै गरिमा विकास बैंकले वित्तीय साक्षरतासम्बन्धी भिडियो तयार पारेको छ ।

मुख्यतः वित्तीय साक्षरता एवं जागरुकताको अभावले हुने यस्ताखाले ठगीमा प्रायः सबै उमेर समूहहरू फस्ने गर्छन् । यसलाई मध्यनजर गर्दै यस विकास बैंकले आफ्नो आधिकारिक युट्युब एवं अन्य सामाजिक सञ्जालमार्फत डिजिटल ठगीसम्बन्धी जनचेतनामूलक भिडियो सार्वजनिक गरेको हो ।

करिब दुई मिनेट लामो उक्त भिडियोमा एक शिक्षित युवा पनि कसरी यस्तो ठगीमा फस्न सक्छ भन्ने विषय देखाइएको छ ।