मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०८० जेठ ५ शुक्रबार १९:०४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

फोटोकपी गरेजस्तो हुबहु आउनु राम्रो होइन : राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही

नीति तथा कार्यक्रममाथि प्रतिक्रिया

Read Time : < 1 मिनेट
२०८० जेठ ५ शुक्रबार १९:०४:००

राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले नीति तथा कार्यक्रम फोटोकपी गरेजस्तो हुबहु आएको प्रतिक्रिया दिएका छन् । 

आगामी आर्थिक वर्षका लागि सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले आज सार्वजनिक गरेको नीति तथा कार्यक्रम विगतकै निरन्तरता भएको उनको भनाइ छ । 

‘फोटोकपी गरेजस्तो हुबहु आउने चलन नै बस्यो,’ उनले भने, ‘यसलाई कम गर्दै लैजानुपर्छ ।’ उनले नीति तथा कार्यक्रमको कार्यान्वयन ठूलो कुरा भएको भन्दै लागू गराउनेतिर राप्रपाको दबाब रहने प्रतिक्रिया दिए ।