मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज ७ आइतबार
  • Sunday, 24 September, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ ५ शुक्रबार १५:५३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

टिआरसी विधेयकबारे रास्वपा सांसद– ऐतिहासिक जिम्मेवारीलाई ढिला गर्नु जायज हुँदैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ ५ शुक्रबार १५:५३:००

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले राजनीतिक, कानूनी अफ्ठ्यारा पन्छाएर संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई चाँडै  टुंगोमा पुर्याउन जरुरी रहेको बताएका छन्।

शुक्रबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा उनले यस्तो धारणा राखेका हुन्। ऐतिहासिक जिम्मेवारीलाई ढिला गर्नु आफैँमा जायज नहुने उनको भनाइ छ। उनले द्वन्द्वका घटना जति लामो समयसम्म राख्यो, त्यति नै अफ्ठ्यारा बढ्दै जाने बताए।

‘यो १६ वर्षको समयमा केही भएन भन्ने लाग्दैन, धेरै कामहरु भएका छन्। राजनीतिक, कानूनी अफ्ठ्यारा हामीलाई थाहा छ। आयोगहरुको काम किन राम्रोसँग हुन सकेन त्यसको अध्ययन गरौँ। यो ऐतिहासिक जिम्मेवारीलाई ढिला गर्नु अब आफैँमा जायज हुँदैन,’ उनले भने।