मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ ५ शुक्रबार १०:०९:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

स्वास्थ्य संस्थाले दिने सेवा  प्रभावकारी नभए कारबाही गर्ने चेतावनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ ५ शुक्रबार १०:०९:००

काठमाडौं महानगरपालिकाले अस्पतालसहितका स्वास्थ्य संस्थाहरूले प्रवाह गर्ने सेवा प्रभावकारी नभए कारबाही गर्ने चेतावनी दिएको छ । स्वास्थ्यसम्बन्धी ऐन, कानुन र मापदण्ड पूर्ण कार्यान्वयन गराउन सुझाव प्राप्त भएको भन्दै महानगरभित्रका अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई जिम्मेवारी बोध गर्न निर्देशन दिएको हो । 

महानगरले बिहीबार सूचना जारी गर्दै महानगरभित्रका अस्पतालहरूले प्रचलित कानुन र मापदण्डअनुसार लक्षितवर्गलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने, सेवाग्राहीमैत्री सेवा प्रवाह गर्ने, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारीको प्रचलित कानुनले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउने, स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापनलाई प्रभावकारी गराउन निर्देशन दिएको छ ।

यसैगरी, अस्पतालका क्यान्टिनमा खाद्य गुणस्तर कायम गर्ने, प्रयोगशाला परीक्षणका लागि सिफारिस नगर्नेजस्ता कार्य सुधार गरी स्वास्थ्य सेवालाई सबै वर्ग, समूहको पहुँचयोग्य बनाउन महानगरले आग्रह गरेको छ । सूचनाअनुसार अतिरिक्त लक्षितवर्गले निःशुल्क सेवा लिए उनीहरूको विवरण टाँस गर्नेलगायतको काम गर्न भनिएको छ ।