१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ४ बिहीबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ ४ बिहीबार १३:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विदेशी लगानीलाई प्रोत्साहन र स्वदेशी उद्योगलाई संरक्षण : प्रधानमन्त्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ ४ बिहीबार १३:३३:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको आर्थिक भार कम गर्न सरकारले विदेशी लगानीलाई प्रोत्साहन र स्वदेशी उद्योगलाई संरक्षण गर्ने नीति लिएको बताएका छन्।

बिहीबार संसदमा एमाले सांसद पदम गिरीले राखेको प्रश्नको जवाफ दिँदै उनले निजी क्षेत्रको साझेदारीमा उत्पादन र उत्पादकत्व वृद्धि गरी रोजगारी सिर्जना गर्ने खालका कार्यक्रमहरू सरकारको प्राथमिकतामा रहेका प्रस्ट्याएका हुन्। सांसद गिरीले आर्थिक संकटकाबीच सरकारले राज्यको अनिवार्य दायित्व कसरी निर्वाह गर्छ भनी प्रश्न राखेका थिए।

जवाफमा प्रधानमन्त्रीले भने, ‘अर्थतन्त्रका चुनौतीलाई सम्बोधन गर्न वित्तीय, मौद्रिक र  क्षेत्रगत नीति तथा कार्यक्रममा आवश्यक सुधार गरी समष्टिगत आर्थिक स्थायित्व कायम गर्न सरकार प्रयत्नशील रहेको छ। विदेशी लगानीलाई प्राथमिकता दिँदै निजी क्षेत्रको साझेदारीमा उत्पादन र उत्पादकत्व वृद्धि गरी रोजगारी सिर्जना गर्ने खालका कार्यक्रम सरकारको प्राथमिकतामा छन्।’

उनले थपे, ‘विदेशी लगानीलाई प्रोत्साहन र स्वदेशी उद्योगलाई संरक्षण गरी आर्थिक भार कम गर्ने सरकारको नीति छ। वित्तीय संघीयताको प्रभावकारी कार्यान्वयन गरी खर्चको आवश्यकता र राजस्व क्षमताको आधारमा वित्तीय हस्तान्तरण कार्यक्रमलाई सुदृढ गर्दै लगिनेछ।’