
बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर कार्यक्रम हुँदै छ। आज ११ बजेका लागि बोलाइएकाे प्रतिनिधिसभा बैठक अझै सुरु भएको छैन।
प्रधानमन्त्रीले प्रश्नको तयारी गर्न समय मागेपछि प्रतिनिधिसभा बैठक केही समय ढिला भएको हो। यसका लागि सांसदहरूले सभामुख देवराज घिमिरेलाई प्रश्नको विषय लिखित रूपमा जानकारी गराइसकेका छन्।
सांसदहरूले नक्कली भुटानी शरणार्थी प्रकरण, आर्थिक अवस्था, प्रधानमन्त्रीको भारत भ्रमण, भ्रष्टाचारसम्बन्धी विभिन्न विषय, शैक्षिक अवस्था, नागरिकताको सवाल र टीकापुर घटनामा केन्द्रित रहेर प्रश्नोत्तर हुने संसद् सचिवालयले जनाएको छ।