१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ४ बिहीबार
  • Friday, 28 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ ४ बिहीबार o७:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

छुर्पीमा कर छुट दिन माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ ४ बिहीबार o७:३८:oo

नेपाल डेरी एसोसिएसनले छुर्पीमा लाग्दै आएको कर छुट दिने व्यवस्था गरिदिन सरकारसँग माग गरेको छ । एसोसिएसनका पदाधिकारीले अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसाल र राजस्व विभागका महानिर्देशकलाई भेटेर कर छुटको माग गरेका हुन् । 

मूल्य अभिवृद्धि कर ऐनमा कर छुट भनी व्याख्या भए पनि कपितय आन्तरिक राजस्व कार्यालयले छुर्पीमा पनि कर असुली गरिरहेको उल्लेख गर्दै एसोसिएसनले भ्याट छुट भएको वस्तु भएकाले थप सहज हुने गरी कर छुटको सूचीमा राख्न माग गरेको जनाएको छ ।

एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले डेरी उद्योगलाई कृषि तथा वन पैदावारमा आधारित उद्योगअन्तर्गत वर्गीकरण गरिएकाले त्यसमा कर लगाउन नहुने बताए । आव  ०७५/७६ सम्म डेरीजन्य उत्पादनमा कर लाग्ने वस्तुको बिक्रीबाट आउने करको ५० प्रतिशत कर फिर्ता हुने गरेकोमा सरकारले आर्थिक ऐनमार्फत त्यसलाई हटाएकोमा उक्त प्रावधान पुनः लागू गर्न एसोसिएसनले माग गरेको छ । 

प्रत्येक वर्ष अर्बौँ रुपैयाँको छुर्पी निर्यात भई देशको व्यापार घाटालाई समायोजन गर्न निकै ठूलो भूमिका खेलेको छुर्पी व्यवसायी थानेश्वर न्यौपानेले बताए । उनका अनुसार नेपालमा कुल उत्पादन हुने छुर्पी करिब ९० प्रतिशतभन्दा बढी विदेश निर्यात हुने गरेका छन् ।

घिउ उत्पादन गर्न काँचो दूधबाट चिल्लो पदार्थ निकालेपछि बच्ने स्किम दूधबाट छुर्पी बनाइन्छ । मुख्य उत्पादन घिउमा पहिले नै कर लगाइएको र थप रूपमा छुर्पीमा ०.२ प्रतिशत मात्र फ्याट हुने हुनाले समान मूल्य अभिवृद्धि कर ऐनबमोजिम कर नलाग्नुपर्ने एसोसिएसनले जिकिर गरेको छ । 

ad
ad
ad
ad