१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २ मंगलबार
  • Sunday, 11 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ २ मंगलबार १६:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘नक्कली भुटानी शरणार्थी प्रकरणमा सक्कली वस्तुस्थिति के छ ?’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ २ मंगलबार १६:३२:oo

कांग्रेसका सांसद विश्वप्रकाश शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणबारे सरकारको जवाफ माग गरेका छन्।  मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सरकारको जवाफ माग गरेका हुन्। 

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले अनुसन्धानको प्रक्रिया कहाँसम्म पुर्‍याएको हो भन्ने जवाफ दिनुपर्ने बताए। 

सांसद शर्माले सरकारले नक्कली भुटानी शरणार्थीमा छानबिनका लागि सबै दलको समर्थन पाएको भन्दै दोषी नउम्किने र निर्दोष नफस्ने गरी कारबाही अघि बढाउनुपर्नेमा जोड दिए। 

उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणबारे हामी सुसूचित हुन जरुरी छ । दोषीहरू कोही नछुटुन्, निर्दोष कोही नपरून् भनेर हामी सबै राजनीतिक दलहरूले भनेका नै छौँ, सबै सहमत नै छौँ, यसमा गृहमन्त्रीज्यूको भनाइ हामीले सुन्न पाएका छैनौँ । के–कस्तो प्रकार अवस्था छ, निर्दोष फस्नु नहुने र दोषी उम्किनु नहुने स्थिति बनाउनका लागि सरकारले के गतिविधि गरिरहेको छ, नक्कली भुटानी शरणार्थीको छानबिनको सन्दर्भमा सक्कली छानबिनको वस्तुस्थिति के छ भन्नेबारेमा जानकारी गराउन आवश्यक छ।’

सांसद शर्माले नक्कली भुटानी शरणार्थीको छानबिनको सन्दर्भमा सक्कली छानबिनको वस्तुस्थिति के छ भन्नेबारेमा जानकारी गराउन गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराए।