
सन्राइज बैंक लिमिटेडले कैलालीको गौरीगंगा नगरपालिकाको कुचैनीमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । यो बैंकको १०३औँ शाखारहित बैंकिङ सेवा हो ।
बैंकले यसको स्थानीय प्रतिनिधिका रूपमा गणेशप्रसाद पौडेललाई नियुक्त गरेको जनाएको छ । गौरीगंगा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष मनीराज जोशीले उद्घाटन गरेको कार्यक्रममा स्थानीय व्यापारी, समाजसेवीलगायतको पनि उपस्थिति रहेको बैंकले जनाएको छ ।
यो सेवावाट ग्राहकले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरणजस्ता सेवाहरू लिन सकिने बैंकले जनाएको छ । हाल बैंकले देशभरमा एक सय ३९ शाखा, एक सय तीन शाखारहित बैंकिङ सेवा, १३ एक्सटेन्सन काउन्टर र एक सय ६२ एटिएममार्फत सेवा दिँदै आएको जनाएको छ ।