Skip This
भ्रष्टाचारविरुद्ध एमाले युवा–विद्यार्थीको प्रदर्शन 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २ मंगलबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ २ मंगलबार o७:३३:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

भ्रष्टाचारविरुद्ध एमाले युवा–विद्यार्थीको प्रदर्शन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ २ मंगलबार o७:३३:oo

एमालेसम्बद्ध युवा–विद्यार्थी संगठनले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका छन् । सोमबार काठमाडौंमा राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले भ्रष्टाचारविरुद्ध सडकमा दबाबमूलक प्रदर्शन गरेका हुन् ।

राष्ट्रिय युवा संघका पूर्वअध्यक्ष महेश बस्नेत र किरण पौडेल, अनेरास्ववियुका अध्यक्ष समिक बडाललगायतले नेतृत्व गरेको युवा–विद्यार्थीहरूको समूहले भृकुटीमण्डप, बागबजारलगायतको क्षेत्रमा सडकमा प्रदर्शन गरेका थिए । 

उनीहरूले ‘हाम्रो भविष्य भ्रष्टाचारमुक्त नेपाल’, साह्रै बढ्यो भ्रष्टाचार विकल्प दे सरकार, यो ऊ भन्दैनौँ भ्रष्टाचारी सहन्नौँ’जस्ता प्लेकार्डसहित प्रदर्शन गरे । प्रदर्शनकारीहरू राष्ट्रिय सभागृहमा पुगेपछि युवा–विद्यार्थी दिवसमा आयोजित कार्यक्रममा सहभागी भएका थिए ।

भुटानी शरणार्थी काण्डबाट नेपालको बदनाम भयो : पोखरेल 
एमाले महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी काण्डले अन्तर्राष्ट्रिय समुदायसामु नेपाल बदनाम भएको बताए । ठगी काण्डले राष्ट्रमाथिकै घात भएको भन्दै उनले दोषीमाथि कडा कारबाही गरिनुपर्ने धारणा राखे । ‘यो ठगी काण्ड मात्र होइन, राष्ट्रमाथिकै घात हो । राष्ट्रिय स्वाभिमान र राष्ट्रिय स्वाधीनतामाथिकै एकप्रकारको अपमान हो,’ प्रदर्शनपछि आयोजित कार्यक्रममा पोखरेलले भने, ‘नेपाल राष्ट्र स्वयं आफैँ मानवतस्करीका लागि काम गर्दछ भन्ने जुन खालको सन्देश गएको छ, त्यो राष्ट्रका लागि लज्जाको विषय हो ।’

उनले नक्कली भुटानी शरणार्थी काण्डमा एमालेलाई मुछ्ने प्रयास गरिए पनि सम्पूर्ण काम शेरबहादुर देउवाको नेतृत्वमा बनेको सरकारको पालामा भएको दाबी गरे । ‘बदमासी एउटाले गर्ने, संकेत अर्कोतिर देखाउने जुन प्रकारको धृष्टता भइरहेको छ, त्यसप्रति हामी सबै सचेत हुन जरुरी छ,’ पोखरेलले भने ।