१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २ मंगलबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o जेठ २ मंगलबार o६:२o:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

‘कार्यदल गठनअघिदेखि नै टोपबहादुरको संलग्नता’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o जेठ २ मंगलबार o६:२o:oo

शरणार्थी समस्याको दिगो समाधानका लागि भन्दै गृह मन्त्रालयबाट कार्यदल गठन हुनुभन्दा अघिदेखि नै एमाले नेता टोपबहादुर रायमाझीको ठगी गिरोहमा संलग्नता देखिएको प्रहरीले जनाएको छ । योजनादेखि नै उनले त्यसमा आफूहरूलाई सघाउँदै आएको पक्राउ परेका अभियुक्तले बयान दिएका छन् । ‘कार्यदल गठनको योजनाकार नै उनी भन्ने बुझिएको छ,’ अनुसन्धानमा आबद्ध प्रहरी भन्छन्, ‘सुरुदेखि नै उनले यसमा सहयोग गर्दै आएका छन् ।’ गृहमा बिचौलियालाई लिएर गई उच्च अधिकारीलाई समेत भेटाउने गरेका थिए । 

अभियुक्त अभिवादन ! म्याद थपका लागि जिल्ला अदालत लैजानुअघि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंंमा टोपबहादुर रायमाझी । अदालतले तीन दिन थुनामा राख्न म्याद दिएको छ । तस्बिर : अमुल थापा/नयाँ पत्रिका

त्यसका लागि टोपबहादुरलाई केही पैसा नगदमै दिएको तथा उनका छोरा सन्दीपको खातामा पटक–पटक पैसा हालेको दाबी छ । सन्दीपले भने सो पैसा व्यापारमा लगानी गर्न लिएको दाबी गरेका छन् । तर, कुन व्यापारमा लगानी गर्न लिएको तथा त्यससम्बन्धी कुनै सम्झौता भएको प्रमाण पेस गर्न सकेका छैनन् । सन्दीप २० वैशाखदेखि नै हिरासतमा छन् ।

आइतबार पक्राउ परेका रायमाझीको सोमबारदेखि बयान सुरु भएको छ । गिरोहका सदस्यसँग चिनजान भए पनि आफूले पैसा नलिएको बयान उनले दिएका छन् । जिल्ला अदालतबाट थुनामा राख्द म्याद लिएलगत्तै बबरमहलस्थित सरकारी वकिल कार्यालयमा उनको बयान भएको थियो । सरकारी वकिल कार्यालय स्रोतका अनुसार उनले सो विषयमा आफूलाई जानकारी नै नभएको दाबी गरेका छन् ।

उनको बयान भने पूरा भएको छैन । तर, उनीविरुद्ध प्रशस्त प्रमाण रहेको प्रहरी अधिकारी बताउँछन् । पक्राउ परेका बिचौलियाहरू सानु भण्डारी र सन्देश शर्मासँग उनको विशेष निकटता देखिएको छ । ०६४ देखि नै उनीहरूबीच निकटता देखिएको छ । दुवैले बयानका क्रममा रायमाझीले कसरी सुरुदेखि नै सघाएका थिए भन्ने विषयमा विस्तृत बताएका छन् ।