Skip This
पेस्तोलसहित एक भारतीय पक्राउ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १ सोमबार
  • Saturday, 27 July, 2024
२o८o जेठ १ सोमबार १२:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पेस्तोलसहित एक भारतीय पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ १ सोमबार १२:२२:oo

महोत्तरीमा लोड गरिएको ह्यान्डमेड पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले चेकजाँचको क्रममा एकडारा गाउँपालिका– ४ हलखोरीस्थित सीमानाकानजिकैबाट हतियारसहित एक भारतीयलाई पक्राउ गरेको बताए। 

पक्राउ पर्नेमा भारत बिहार राज्य जिल्ला सीतामढी बाजपट्टी गाउँ– ६ बस्ने २६ वर्षीय पप्पु यादव रहेको उनले बताए। उनको साथबाट ह्यान्डमेड पेस्तोल थान एक र सोमा लाग्ने गोली थान पाँच प्रहरीले फेला पारेको हो।

शनिबार राति प्रहरी चौकी हलखोरीबाट खटिएको गस्ती टोलीले भारतीय नम्बरको प्लाटिना मोटरसाइकलमा सवार निज यादवलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट हतियार बरामद भएको हो। प्रहरीले अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरेको डिएसपी गिरीले बताए।