१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ३० शनिबार
  • Sunday, 11 May, 2025
२o८o बैशाख ३० शनिबार १५:३१:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

जनताले देख्ने र महसुस गर्ने गरी काम गर्छौँ : मुख्यमन्त्री पाण्डे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख ३० शनिबार १५:३१:oo

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नागरिकले देख्ने र महसुस गर्ने गरी काम गर्ने बताएका छन्। नेपाली कांग्रेस बाग्लुङले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले प्रदेश सरकार सबै नागरिकको साथमा रहेको अनुभूति दिलाउने बताए।

पाण्डेले आगामी आर्थिक वर्षमा आउने बजेटमा जनताको प्रत्यक्ष आवश्यकतासँग जोडिएका कार्यक्रम समावेश हुने उल्लेख गरे। ‘अब ल्याइने बजेट जनताको आवश्यकताका आधारमा आउँछ, कनिका छरेजस्तो बजेटले विकास हुन सक्दैन,’ उनले भने, ‘जनताले देखिने गरी, महसुस गर्ने गरी, अनुभूति गर्ने गरी काम गर्नेछौँ, त्यसको लागि हाम्रा योजना र बजेट पनि बृहत् प्रकारका हुनेछन्।’

उनले  मोटरबाटो, सिँचाइ, भवन निर्माणलगायतका कामको प्रगति जनताले प्रत्यक्ष देख्ने बताए। साना योजना र कामको लागि स्थानीय सरकारसँग समन्वय गर्ने मुख्यमन्त्री पाण्डेको भनाइ छ।