१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ३० शनिबार
  • Sunday, 11 May, 2025
गणेश लम्साल विराटनगर
२o८o बैशाख ३० शनिबार १४:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रिटेनिङ वाल निर्माण कार्य रोक्न माग गर्दै हाइटेन्सन टावर चढे मोरङमा एक व्यक्ति

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८o बैशाख ३० शनिबार १४:o५:oo

रिटेनिङ वालको निर्माण रोक्न माग गर्दै मोरङको बुढीगंगा गाउँपालिकामा शनिबार एक स्थानीय बिहानैदेखि बिजुलीको हाइटेन्सन टावरमा चढेर बसेका छन्।

बुढीगंगा गाउँपालिका– ७ डंग्राहाका ४० वर्षीय दिनेशकुमार माझी स्थानीय सडकमा निर्माण भइरहेको रिटेनिङ वालको निमार्ण कार्य गुणस्तरहीन भएकाले रोक्नुपर्ने भन्दै एक लाख ३२ हजार भोल्टको प्रसारण लाइनको टावरमा चढेका हुन्। उनी रिटेनिङ पर्खालको गुणस्तरहीन निर्माण कार्य नरोकेसम्म टावरबाट तल नझर्ने अडान लिएर बसेका छन्।

उनलाई तल झार्ने प्रयास सफल हुन नसकेको मोरङका प्रहरी प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले बताए। टावरमा चढेका माझीले पालिका अध्यक्ष र उपाध्यक्ष आएर रिटेनिङ पर्खालको निर्माण रोक्ने प्रतिबद्धता गर्नुपर्ने अडान लिएका छन्। तर, पालिका र वडाध्यक्षहरू कार्यक्रमको सिलसिलामा धनकुटामा छन्। धनकुटा पुगेका जनप्रतिनिधिहरू फर्किने क्रममा रहेका र उनीहरू आएपछि माझीलाई फकाएर टावरबाट झार्ने तयारी भइरहेको डिएसपी दाहालले बताए।

स्थानीयका अनुसार गाउँपालिका अध्यक्ष जितनारायण थापामगर र उपाध्यक्ष अमृताकुमारी गच्छदार थारूले माग सुनवाइ नगरे टावरबाट हामफालेर आत्महत्या गर्ने माझीले धम्की दिइरहेका छन्। बुढीगंगा ७ का वडाध्यक्ष पंकज थारू चौधरीका अनुसार उनी अझै करिब ३० मिटर उचाइमा रहेको  प्रसारण लाइनको टावरमा बसिरहका छन्।