१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १८:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अवैध रूपमा लुकाएर राखेको काठ बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १८:३२:oo

उदयपुरको कटारी नगरपालिका– ४ जहडीबाट अवैध रूपमा लुकाइछिपाई राखेको काठ प्रहरीले बरामद गरेको छ। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कटारीले शुक्रबार अवैध काठ बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक मोहन थापाका अनुसार जहडीस्थित चुनढुंगा डम्पिङनजिक एक गाडी ग्यारेजबाट बरामद गरिएको हो। उनले भने, ‘प्रहरीले बरामद गरेको काठ आवश्यक कारबाहीका लागि वन डिभिजन कार्यालय कटारी उदयपुरमा बुझाइएको छ।’

थापाका अनुसार विभिन्न जातको चिरान काठ (पटाहा र कडी ) बरामद भएको हो। जसमा सल्लाको कडी एक सय ९१ थान (१३१.२४ क्युफिट), कर्मा जातको पटाहा ८६ थान (२१.५० क्युफिट), साज जातको पटाहा दुई सय ३७ थान (५९.२५ क्युफिट) गरी जम्मा दुई सय ११.९९ क्युफिट रहेको उनले जानकारी दिए।

ad
ad