१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १४:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

२६ थान सालको अवैध काठ बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १४:o५:oo

नरैनापुर गाउँपालिकाबाट नेपालगन्जतर्फ ल्याउँदै गरेको २६ थान सालको अवैध काठ सशस्त्र प्रहरीले बरामद गरेको छ।

नरैनापुर गाउँपालिका– ४ बाट नेपालगन्जतर्फ आउँदै गरेको भे.१त ६८०६ नम्बरको ट्रयाक्टरभित्र लुकाएर ल्याउँदै गर्दा २६ थान सालको चिरान (फ्रेम)सहित काठ बोकेको ट्रयाक्टर सशस्त्र प्रहरी बल गंगापुरले नियन्त्रणमा लिएको हो।

विशेष सूचनाको आधारमा खानतलासी गर्दा नरैनापुर– ४ बस्ने छोट्टन खाँको गहुँ लोड गरिएको ट्याक्टरभित्र लुकाएर नेपालगन्जतर्फ ल्याउने क्रममा नरैनापुर गाउँपालिका– ६ जमुनीबाट अवैध काठ बरामद भएको सशस्त्र प्रहरी बल ३० नम्बर गण बागेश्वरी बाँकेका सशस्त्र प्रहरी प्रवक्ता डिएसपी लक्ष्मण थापाले बताए।

अवैध काठ ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा खानतलासी गर्दा काठ बरामद भएको उनले बताए। बरामद भएको काठ र ट्रयाक्टरलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय बाँकेमा बुझाइएको उनले जानकारी दिए। ट्रयाक्टरमा रहेको गहुँ नेपालगन्ज भन्सार कार्यालयमा बुझाउने उनले बताए।

ad
ad