१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o९:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

पूर्वाधार निर्माण गर्न सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:o८:oo

राष्ट्रिय खेलकुद परिषद् (राखेप) र कागेश्वरी मनोहरा नगरपालिकाबीच द्विपक्षीय सम्झौता भएको छ । कागेश्वरी मनोहरा नगरपालिकालाई खेलकुद नगरी बनाउने अभियानलाई मूर्त रूप दिन राखेपका तर्फबाट सदस्यसचिव टंकलाल घिसिङ र कागेश्वरी मनोहरा नगरपालिकाका तर्फबाट मेयर उपेन्द्र कार्कीले बिहीबार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

पूर्वाधार बनाउने, खेलकुदका विविध गतिविधि आपसी सहयोगमा गर्ने, विभिन्न प्रशासनिक र प्राविधिक विषयमा सहयोग आदानप्रदान गर्ने, कागेश्वरी मनोहरा नगरपालिकाले रग्बी, भलिबल र बक्सिङको पूर्वाधार निर्माणका लागि उक्त खेलका राष्ट्रिय संघलाई जग्गा उपलब्ध गराउन सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नगरपालिकाका मेयर कार्की, नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरे, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द र नेपाल बक्सिङ संघका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

नगरपालिकाले रग्बीका लागि वडा ७ स्थित सोमतीर्थमा १०८ रोपनी १२ आना ३ पैसा ३ दाम जग्गा उपलब्ध गराउने भएको छ । भलिबललाई वडा ६ स्थित तिवारी टोलमा ६३ रोपनी ८ आना जग्गा प्रदान गर्नेछ । बक्सिङका लागि वडा ६ स्थित अधिकारी टोलमा ८६ रोपनी ५ आना १ दाम जग्गा उपलब्ध गराउने सहमति भएको हो । 

सदस्यसचिव घिसिङले पूर्वाधार निर्माणका लागि सम्बन्धित संघले आफ्नो अन्तर्राष्ट्रिय महासंघसँग पनि समन्वय गरी स्रोत जुटाउन पहल गर्नुपर्नेमा जोड दिँदै पूर्वाधार निर्माण गर्दा बिजुली, पानी, सडक आदिमा पनि ध्यान दिन आवश्यक रहेको बताए । मेयर कार्कीले नगरपालिकाको प्रस्तावलाई सहर्ष स्वीकार गरेकोमा धन्यवाद दिँदै कागेश्वरी मनोहरा नगरपालिकालाई खेलकुद नगरी बनाउने योजनाअनुरूप नगरपालिकामा भएका जग्गालाई अधिकतम खेलकुदका लागि प्रयोग गर्ने प्रतिबद्धता जनाए । उनले सम्झौता ऐतिहासिक भएको बताए ।

ad
ad