Skip This
निर्यात उद्योगलाई  विद्युतमा ५० प्रतिशत छुट दिन माग
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २९ शुक्रबार
  • Saturday, 27 July, 2024
२o८o बैशाख २९ शुक्रबार o९:o५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

निर्यात उद्योगलाई  विद्युतमा ५० प्रतिशत छुट दिन माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख २९ शुक्रबार o९:o५:oo

नेपाल बिजनेस समिट २०८० ले १९ बुँदे घोषणापत्र जारी गरी निर्यात गर्ने उद्योगलाई  विद्युतमा ५० प्रतिशतसम्म छुट दिन माग गरेको छ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल बिजनेस इन्स्टिच्युट (एनबिआई) को संयुक्त आयोजनामा सरकार, उच्च राजनीतिक एवं प्रशासनिक व्यक्तित्व तथा सहभागीबाट प्राप्त सुझावलाई १९ बुँदे घोषणापत्रका रूपमा प्रस्तुत गरिएको हो । 

बुँदामा ऊर्जाका माध्यमबाट सबल अर्थतन्त्र निर्माणमा टेवा पुर्‍याउन छिमेकी मुलुकको विद्युत् मागलाई ध्यानमा राखिनुका साथै विद्युत् खरिदबिक्री सम्झौता  तथा  कारोबार गर्ने नीति अवलम्बन गर्ने जनाएको छ । निर्यातमूलक तथा आयात प्रतिस्थापन गर्ने उद्योगको परिभाषाभित्र पर्ने उद्योगको प्रतिस्पर्धी क्षमता अभिवृद्धिका लागि निर्यातमूलक (उत्पादनमूलक) उद्योगलाई आवश्यक विद्युत् ५० प्रतिशत छुटमा र आयात प्रतिस्थापन गर्ने उद्योगलाई २० प्रतिशत छुटमा उपलब्ध गराउने नीतिको व्यवस्था गर्ने घोषणपत्रमा उल्लेख छ । 

त्यस्तै, विशेषगरी कृषि, उर्जा, निर्माण, उत्पादन, पर्यटन, वन पैदावार, खनिज तत्वको उत्सर्जन, प्रविधि, गार्मेन्ट उद्योगजस्ता क्षेत्रमा आन्तरिक तथा बाह्य लगानी भित्र्याउन सरलीकृत एवं आकर्षित नीतिको व्यवस्था गर्ने र रोजगारको सिर्जना गर्ने कुरालाई प्राथमिकताका साथ उल्लेख गर्ने पनि घोषणापत्रमा उल्लेख छ ।