श्रीलंकालाई विश्व बैंकले २० करोड डलर सहयोग गर्ने

बिहिबार, २८ बैशाख, २०८०
डिजिटल संस्करण

श्रीलंकाको मन्त्रिपरिषद्ले सामाजिक सुरक्षा कार्यक्रमका लागि २० करोड अमेरिकी डलर प्राप्त गर्न विश्व बैंकसँग छलफल सुरु गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।

राष्ट्रपति रानिल विक्रमासिंघेले अर्थमन्त्रीको हैसियतमा उक्त प्रस्ताव गरेको मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुणवर्धनेले सञ्चारकर्मीलाई जानकारी दिए ।

श्रीलंकाले अन्तर्राष्ट्रिय मुद्राकोषको सहयोगमा ४८ महिने विस्तारित कोष सुविधाको एक भागको रूपमा देशको सबैभन्दा कमजोर समूहहरूको सुरक्षाका लागि एक बलियो सामाजिक सुरक्षा सञ्जाल लागू गर्न सहमत भएको गुणवर्धनेले बताए ।

सुझावित समाचार