१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार २o:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कांग्रेस पदाधिकारी बैठकमा खाणबारे मत विभाजित, निर्णय लिन भोलि पुनः बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार २o:४३:oo

कांग्रेस पदाधिकारीको आकस्मिक बैठक सकिएको छ। 
पार्टी सभापति शेरबहादुर देउवाको निवासमा भएको बैठकमा भुटानी शरणार्थीको आवरणमा भएको ठगी प्रकरणमा पक्राउ परेका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणका विषयमा छलफल भएको थियो। 

बैठकमा अनुसन्धानका लागि हिरासतमा लिइएका केन्द्रीय सदस्य खाणलाई पार्टीको जिम्मेवारीबाट निलम्बन गर्ने कि नगर्ने भन्ने विषयमा दुवैथरी धारणा आएको एक पदाधिकारीले जानकारी दिए। 

उनले बैठकमा दुवैथरी धारणा आए पनि पक्राउ परेका खाणलाई निलम्बन गरेर प्रहरी अनुसन्धानलाई पार्टीले सघाउ पुर्‍याएको सन्देश दिनुपर्ने धारणा बलियाेसँग उठेको जानकारी दिए। 

उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतले खाणलाई निलम्बन गर्नुपर्ने धारणा राखेको ती पदाधिकारीले जानकारी दिए। 

बैठक निष्कर्षमा पुग्न नसकेकाले भोलि पुन बस्ने गरी सकिएको छ। भोलि बस्ने बैठकमा पार्टीका पूर्वपदाधिकारीलाई पनि बोलाइने बताइएको छ। 

ad
ad