१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o८:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

जावलाखेललाई आत्मघाती गोल उपहार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:o१:oo

जावलाखेल युथ क्लब सहिद स्मारक ए डिभिजन लिग २०७९–०८० को शीर्ष स्थानमा फर्किएको छ । मंगलबार हिमालयन शेर्पा क्लबलाई १–० ले हराउँदै जावलाखेल कम्तीमा २४ घन्टाका लागि शीर्ष स्थानमा फर्किएको हो । हिमालयन शेर्पाका रक्षक अमृत श्रेष्ठले आफ्नै पोस्टमा बल छिराएपछि जावलाखेलले तीन अंक पाएको थियो ।

१६ खेलबाट जावलाखेलको २७ अंक छ । एक खेल कम खेलेको चर्च ब्वाइजको पनि समान २७ अंक छ । आज चर्च ब्वाइजले त्रिभुवन आर्मीविरुद्ध खेल्दै छ । जित या बराबरीले चर्च शीर्ष स्थानमा उक्लिनेछ । चर्चले हार बेहोरेमा भने जावलाखेल शीर्ष स्थानमा यथावत् रहनेछ । 

जावलाखेल चौथो खेलमा आएर जित निकाल्न सफल भएको हो । पराजित हिमालयन शेर्पा २० अंकसहित आठौँ स्थानमा छ । दशरथ रंगशालामा २४औँ मिनेटमा हिमालयन शेर्पाले आत्मघाती गोल गरेको थियो । जावलाखेलका अब्दुल अजिजको कर्नरलाई शेर्पाका गोलकिपर किशोर गिरीले पन्च गरेका थिए । सोही बल रक्षक अमृतलाई लाग्दै गोललाइन पार गरेको थियो । 

ad
ad