१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o८:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

नेपाल र गौतमबीच पार्टी एकताबारे छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:oo:oo

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमबीच पार्टी एकताबारे छलफल भएको छ । एकीकृत समाजवादीको केन्द्रीय कार्यालय मीनभवनमा दुई अध्यक्षबीच एकताबारे छलफल भएको हो । एमालेबाट अलग भएर नेपालले एकीकृत समाजवादी र गौतमले नेकपा एकता राष्ट्रिय अभियान पार्टी स्थापना गरेका छन् । 

पार्टी एकताबारे सकारात्मक कुराकानी भएको छलफलमा सहभागी एकीकृत समाजवादीका सचिव जीवनराम श्रेष्ठले जानकारी दिए । उनले भने, ‘एकताबारे सकारात्मक छलफल भएको छ । छिट्टै एकता हुन्छ ।’ गौतमसँगको छलफलमा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल र उपमहासचिव डा. गंगालाल तुलाधर पनि सहभागी थिए ।

पार्टी एकता र समाजवादी मोर्चाबारे छलफल भएको नेकपा एकता राष्ट्रिय अभियान पार्टीका महासचिव डिबी कार्कीले बताए । एकीकृत समाजवादी र माओवादीसँग मोर्चा र एकताको विषयमा छलफल जारी रहेको उनले बताए ।

ad
ad