Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०८० बैशाख २६ मंगलबार १०:२८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ग्यास लिक भई आगलागी हुँदा चारवटा सिलिन्डर विस्फाेट, करिब १५ लाखबराबरको क्षति

Read Time : < 1 मिनेट
२०८० बैशाख २६ मंगलबार १०:२८:००

सिराहाको गोलबजार नगरपालिका– ४ गोलबजारमा चिया खाजा पसलमा ग्यास लिक भई आगलागी हुँदा चारवटा सिलिन्डर विस्फाेट भएका छन् । सिलिन्डरबाट सल्किएको आगलागीबाट करिब १५ लाख रुपैयाँबराबरको क्षति भएको प्रहरीले जनाएको छ ।  

इलाका प्रहरी कार्यालय गोलबजारका निमित्त प्रमुख प्रहरी नायव निरीक्षक विश्वबाबु बुढाथोकीका अनुसार मंगलबार बिहान करिब ३ बजेतिर गोलबजार– ६ का जोगी साह हलुवाईले ग्यास बाल्ने क्रममा लिक हुँदा आगलागी भएको हो । 

ग्यास लिक भएर आगलागी हुँदा भरेर राखिएका चारवटा सिलिन्डर विस्फाेट भएका हुन् । विस्फाेटबाट मानवीय क्षति नभए पनि खाजा तथा किराना पसलका सबै सामान जलेर नष्ट भएका छन् । आगलागीबाट पसलको दुई टहरा, खाजा पसलछेउमै उत्तिमलाल महतोको किराना पसलसमेत जलेर ध्वस्त भएको छ ।

आगलागीबाट पसलमा खाजा बनाउन राखिएका सामग्री, लत्ताकपडा, भाँडावर्तन, नगदसहित करिब १२ लाख तथा किराना पसलको करिब तीन लाख रुपैयाँबराबरको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

गोलबजार नगरपालिकाको बारुणयन्त्र, प्रहरी र स्थानीय बासिन्दा समेतको सहयोगमा दुई घन्टापछि बिहान करिब ५ बजेतिर आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।