Skip This
आइएमई पेले क्युआर  भुक्तानीमा रिवार्ड प्वाइन्ट दिने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २५ सोमबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख २५ सोमबार १२:१९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आइएमई पेले क्युआर  भुक्तानीमा रिवार्ड प्वाइन्ट दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख २५ सोमबार १२:१९:oo

आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ले क्युआर भुक्तानीमा रिवार्ड प्वाइन्ट दिने भएको छ । कम्पनीले ग्राहकलाई विद्युतीय तथा क्युआर भुक्तानीतर्फ प्रेरित गर्ने उद्देश्यका साथ क्युआर भुक्तानीमा रिवार्ड प्वाइन्ट दिने भएको हो । 

सो भुक्तानीबाहेक आइएमई पेले अन्य विभिन्न सुविधामा पनि रिवार्ड प्वाइन्ट दिने जनाएको छ । रिवार्ड प्वाइन्ट जुनसुकै किसिमको क्युआर भुक्तानीमा समेत पाउन सकिने उल्लेख छ । उक्त रिवार्ड प्वाइन्ट कारोबार गर्दै जाँदा जोडिँदै जाने र भविष्यमा ग्राहकले रिवार्ड प्वाइन्ट रिडिम पनि गर्न सक्ने जनाइएको छ ।

आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैँले अथवा एजेन्टमार्फत विभिन्न किसिमका भुक्तानी कार्यहरू गर्न सक्ने कम्पनीले जनाएको छ । यसले व्यक्ति–व्यक्तिबीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्युआर स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको जनाइएको छ ।