१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० बैशाख २५ सोमबार ११:५५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

यामाहा नेपालको ‘ब्लु स्ट्रिक्स’ योजना सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० बैशाख २५ सोमबार ११:५५:००

यामाहा नेपालले ‘ब्लु स्ट्रिक्स’ नामक योजना सुरु गर्ने घोषणा गरेको छ । यामाहा मोटरसाइकलका मालिकहरूलाई एकै ठाउँमा ल्याउन र चालक तथा उनीहरूका मोटरसाइकलबीच बलियो सम्बन्ध सिर्जना गर्ने उद्देश्यले परिकल्पना गरिएको ‘ब्लु स्ट्रिक्स’ एक रोमाञ्चक र नवीन कार्यक्रम हो । 

यसले एउटा सशक्त यामाहा परिवार सिर्जना गर्ने कम्पनीको भनाइ छ । यामाहा केवल मोटरसाइकल निर्माता मात्र नभएर सवारका लागि अविस्मरणीय अनुभवहरूको निर्माता पनि भएको कम्पनीको दाबी छ । ‘ब्लु स्ट्रिक्स’ यामाहाको आफ्ना ग्राहकसँग सम्बन्ध विकास गर्न र भविष्यमा ‘म्यान–मेसिन’ अन्तक्र्रियालाई थप आकर्षक र रोमाञ्चक अनुभव बनाउने प्रतिबद्धताको एक हिस्सा रहेको कम्पनीको भनाइ छ ।

यो कार्यक्रममा सामेल भएर यामाहा मालिकहरूले यामाहा समुदायसँग संलग्न भई विभिन्न फाइदा र अवसर प्राप्त गर्ने जनाइएको छ । विशेष कार्यक्रमका अवसर र सवारीदेखि लिएर भविष्यमा आउने विशेष प्रवद्र्धन र छुटसम्म प्रदान गरी ‘ब्लु स्ट्रिक्स’ले यामाहा मालिकहरूका लागि थप निकटता र रमाइलो अनुभव सिर्जना गर्ने लक्ष्य राखेको जनाएको छ । 

‘ब्लु स्ट्रिक्स’को सुरुवात यामाहाका लागि महत्वपूर्ण कोसेढुंगा रहेको एमएडब्लु इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले बताए । उनले भने, ‘हामी सम्पूर्ण यामाहा मालिकहरूलाई एकै ठाउँमा ल्याउन र उनीहरूसँग बलियो सम्बन्ध बनाउन पाउँदा हर्षित छौँ । हाम्रो लक्ष्य भनेको मोटरसाइकल र खुला सडकप्रति आफ्नो प्रेम बाँड्न सक्ने भावुक र जिम्मेवार यामाहा मालिकहरूको समुदाय सिर्जना गर्नु हो ।’