१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
रासस काठमाडौं
२o८१ बैशाख २४ सोमबार १२:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

यो साता प्रदर्शनरत नेपाली फिल्म कुनले कति कमाए ?

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १२:२o:oo

चलचित्र भवनमा चार नेपाली चलचित्र प्रदर्शनरत छन्। यही वैशाख १ गतेदेखि प्रदर्शन भइरहेको ‘जारी’कै व्यापार अन्यको तुलनामा उच्च छ । चलचित्र विकास बोर्डमा बक्सअफिसको विवरणअनुसार प्रदर्शनको २१ दिन पार गर्दा ‘जारी’ले रु १५ करोडभन्दा बढीको व्यापार गरेको छ। शुक्रबार र शनिबार हुने व्यापारको संकेतसमेत अन्य चलचित्रको तुलनामा ‘जारी’ कै राम्रो छ।

वैशाख १५ गतेदेखि प्रदर्शनरत ‘प्रसाद २’ र ‘नाइँ नभन्नु ल ६’को सो संख्या घट्नका साथै दर्शक पनि घटेका छन्। प्रदर्शनको एक साता पार गर्दा ‘नाइँ नभन्नु ल ६’ले रु २५ लाख र ‘प्रसाद २’ले रु ७० लाखको व्यापार गर्न सफल भएका छन्।

उल्लिखित विवरणमा १८ प्रतिशत कर कट्टा गरी प्राप्त रकम चलचित्र भवन र वितरकले सहमतिअनुसार भागबन्डा लगाउने गर्दछन्।

यस्तै, वैशाख २१ गतेदेखि प्रदर्शनरत चलचित्र ‘ज्याकी : आई एम ट्वान्टी वान’ले दुई दिनमा रु २० लाखको हाराहारीका व्यापार गरेको छ। यो निकै न्यून व्यापार हो।

नयाँ वर्षपछि प्रदर्शनमा ल्याइएका अन्य चलचित्र पनि दर्शकको रोजाइमा पर्न नसकेको तथ्यांकले स्पष्ट पारेको छ। चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारीले चलचित्र ‘जारी’को व्यापारलाई पुष्टि गरे। ‘जारीले गरिरहेको व्यापारलाई मध्यनजर गर्ने हो भने यसको व्यावसायिक अंक अझै बढ्ने देखिन्छ। अन्य चलचित्रको व्यापार सार्वजनिक भएका विवरणकै आसपासमा छ,’ उनले भने।

ad
ad