१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठामाडौं
२o८१ बैशाख २४ सोमबार o९:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

धितोपत्र बोर्डले दियो थप १३ ब्रोकर कम्पनीलाई लाइसेन्सको आशयपत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठामाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o९:१७:oo

आशयपत्र पाउनेको संख्या २९ पुग्यो

नेपाल धितोपत्र बोर्डले थप १३ ब्रोकर कम्पनीलाई लाइसेन्सको आशयपत्र दिएको छ । बुधबार बसेको बोर्डको सञ्चालक समिति  बैठकले थप १३ निवेदक कम्पनीलाई आशयपत्र (एलोआई) दिने निर्णय गरेको हो।

आवेदन दिएका ४५ कम्पनीमध्ये पहिलो चरणमा यसअघि १६ कम्पनीले आशयपत्र पाइसेका छन् भने दोस्रो चरणमा १३ कम्पनीले आशयपत्र पाएसँगै  आशयपत्र पाउने कम्पनीको संख्या २९ कम्पनी पुगेकाे छ ।

यसअघि आशयपत्र पाउनेमा सातवटा बैंक तथा वित्तीय संस्थाका सहायक कम्पनीहरू नबिल सेक्युरिटिज, मेघा स्टक मार्केट, हिमालयन ब्रोकज कम्पनी, सिबिआइएल सेक्युरिटिज, एनएमबि सेक्युरिटिज, आरबिबी सेक्युरिटिज र सानिमा सेक्युरिटिज रहेका छन् भने  दोस्रो चरणमा सनराइज सेक्युरिटिज र जेबिएनएल सेक्युरिटिज कम्पनी रहेका छन् । बैंक तथा वित्तीय संस्थाले पहिलोपटक लाइसेन्सका लागि आशयपत्र पाएका हुन् ।

बोर्डले गत वर्ष असोजमा धितोपत्र व्यवसायी तथा दलाल नियमावली, २०६४ लाई संशोधन गरेर नियमावली, २०७९ जारी गरेको थियो । बोर्डले पहिलोपटक खुला प्रतिस्पर्धाका माध्यमबाट आवेदन खुला गरेको थियो । आवेदन परेका ४५ कम्पनीले नै मापदण्ड पुगेको खण्डमा लाइसेन्स पाउनेछन् ।

यी हुन् लाइसेन्सको आशयपत्र पाएका १३ ब्रोकर कम्पनी

 

 

ad
ad