१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २१ बिहीबार
  • Wednesday, 26 June, 2024
२o८o बैशाख २१ बिहीबार o६:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख २१ बिहीबार o६:३७:oo

सरकारले अहिलेसम्म पूर्णता पाउन सकेन, किन ?
राष्ट्रपति–उपराष्ट्रपति निर्वाचन र प्रतिनिधिसभाको उपनिर्वाचन पनि यही अवधिमा भयो । प्रक्रियागत काममै केही बढी समय खर्च भयो । अब सत्तारुढ गठबन्धनमा छलफल सुरु भएको छ । केही दिनमै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ । 

गठबन्धन दलका शीर्ष नेताहरूबाटै असन्तुष्टि आएको छ नि ?
गठबन्धनमा सानातिना असन्तुष्टि आइ नै रहन्छन् । हामी सावधानीपूर्वक अगाडि बढेका छौँ । प्रधानमन्त्रीले सबैलाई विश्वासमा लिएर अगाडि बढ्नुभएको छ । यो गठबन्धनले स्थायी सरकार दिन्छ । पाँचै वर्ष टिक्छ ।

सरकार अहिले के–कस्ता काममा अल्झिरहेको छ ?
हामी नीति तथा कार्यक्रम र बजेट निर्माणको क्रममा छौँ । डेलिभरीमा जोड दिएर सुशासन र समृद्धिको आशा जगाउने गरी नीति तथा कार्यक्रम र बजेट तयार पार्दै छौँ । भ्रष्टाचार नियन्त्रणमा पनि सरकार गम्भीर भएर लागेको छ । सरकारप्रति जनताले जुन आशा र अपेक्षा गरेका छन्, त्यसलाई चुनौतीका रूपमा लिएर खरो उत्रिँदै छौँ ।

जनताले अनुभूत गर्ने हिसाबले काम गर्नुपर्छ । त्यसमा सरकार अत्यन्तै गम्भीर र चिन्तनशील छ । नेपाली जनताको अपेक्षा र आकांक्षा बढेर गएको छ । यो ठूलो चुनौती हो । सबैसँग सहकार्य गरेर राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रमा उठेका विषयलाई सम्बोधन गर्ने गरी प्राथमिकता निर्धारण गरेर नीति तथा कार्यक्रम ल्याउँदै छौँ । मुख्य कुरा, डेलिभरी, सुशासन र समृद्धि नै हो । त्यसैमा केन्द्रित भएर यो गठबन्धन अगाडि बढेको छ ।

ad
ad
ad
ad