मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज ६ शनिबार
  • Saturday, 23 September, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० बैशाख २० बुधबार १७:५७:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

६ क्रिकेट खेलाडीलाई नेपाल प्रहरीको सम्मान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० बैशाख २० बुधबार १७:५७:००

राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरी हालै सम्पन्न 'एसिसी प्रिमियर कप–२०२३'लगायत विभिन्न अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरूमा उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै ६ जना क्रिकेट खेलाडीहरूलाई नेपाल प्रहरीले सम्मान गरेको छ। 

नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रमबीच प्रशंसापत्र तथा नगद पुरस्कारद्वारा सम्मान गरेका हुन्।

सम्मानित हुने खेलाडीहरूमा प्रहरी कर्मचारीहरू नेपाल पुलिस क्रिकेट टिमका क्याप्टेन दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, मोहमद आरिफ सेख, ललित राजवंशी एवं नेपाल प्रहरीमा आबद्ध करण केसी र गुल्सन झा छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी संगठन र राष्ट्रको प्रतिनिधित्व गर्दै सहभागी भई हालै सम्पन्न भएको एसिसी प्रिमियर कप–२०२३ मा उत्कृष्ट प्रदर्शन गरी विजयी हासिल गरेकोमा बधाई दिए। 

राष्ट्र एवं संगठनको छवि अझ उच्च गर्नमा आगामी दिनमा हुने प्रतियोगितामा उत्कृष्ट प्रदर्शनको लागि पनि शुभकामना दिएका छन्। एसिसी प्रिमियर कप–२०२३ मा नेपाल प्रहरीका खेलाडीहरूको उत्कृष्ट प्रदर्शन तथा राष्ट्रिय सम्मान अभिवृद्धिमा गरेको योगदानको नेपाल सरकारले पनि उच्च मूल्यांकन गरेको  उनको भनाइ थियो। 

प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीका खेलाडीहरूको मनोबल उच्च गराउन, क्षमता अभिवृद्धि गर्न र वृत्तिविकासका लागि संगठन सदैव क्रियाशील रहेको उल्लेख गरे। 

कार्यक्रममा सम्मानित खेलाडीहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै कुशल भुर्तेलले नेपाल प्रहरी संगठनको प्रतिनिधित्व गरी सफलता प्राप्त गरेकोमा धेरै गौरव महसुस गरेको बताए। साथै, आउँदा दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्दै जाने विश्वास उनको छ।