१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
समाचार डिजिटल संस्करण

ठगीमा पूर्वमन्त्री टोपबहादुर रायमाझीको पनि संलग्नता पुष्टि, अदालतद्वारा पक्राउ पुर्जी जारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १४:२४:oo

भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको घटनामा पूर्वमन्त्री तथा एमालेका सचिव टोपबहादुर रायमाझीको पनि संलग्नता देखिएको छ। जिल्ला अदालत, काठमाडौंले उनलाई पक्राउ पुर्जी जारी गरेको छ।

पक्राउ परेका प्रतिवादीमाथिको अनुसन्धानमा रायमाझी र उनका छोरा सन्दीपको संलग्नताको प्रमाण भेटिएपछि दुवैविरुद्ध पक्राउ पुर्जी जारी भएको हो। उनीहरू भने फरार भइसकेका छन्। 

बुधबार मात्र सो मुद्दामा नेपाल सरकारका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । गृहसचिव हुँदा उनले ठगी गिरोहलाई सघाएका थिए। 

त्यस्तै, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार रहेका डा. इन्द्रजित राई मंगलबार पक्राउ परिसकेका छन्। नेपालीलाई भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका लैजाने भन्दै करिब एक अर्ब ठगी भएको थियो। 

जसमा गृह मन्त्रालयका अधिकारी र केही नेताले नै सघाएको यो घटनामा प्रहरीले ठगी र संगठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ।

ad
ad