१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २० बुधबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका ताप्लेजुङ
२o८o बैशाख २० बुधबार ११:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ताप्लेजुङमा हिमपात, किसान हर्षित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, ताप्लेजुङ
नयाँ पत्रिका
२o८o बैशाख २० बुधबार ११:४o:oo

ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात भएको छ। सोमबार र मंगलबार वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा हिमपात भएको हो।

ताप्लेजुङको सदरमुकाम फुङ्लिङबाट हिमाल सहज रूपमा देख्न सकिन्छ। हिमाल चाँदीजस्तै सेताम्य भएर टल्केका छन्। फक्ताङ्लुङ गाउँपालिका– ६ लेलेपको घुन्सा, फले, वडा नं ७ ओलाङचुङगोला, यांमालगायत जिल्लाको हिमाली बस्तीमा हिउँ परेको स्थानीयले बताएका छन्।

घुन्साका टासी छिरिङ शेर्पाका अनुसार हिमाली क्षेत्रमा गएराति पनि हिमपात भएको छ। यस्तै, ओलाङचुङगोला क्षेत्रका हिमाली क्षेत्रमा हिउँ परेको स्थानीय तेन्जिङ वालुङले जानकारी दिए। 

ओलाङचुङगोलाकै यांमामा क्षेत्रमा दुई फिटसम्म हिउँ परेको छ। चार हजार दुई सय मिटर उचाइमा रहेको यांमा जिल्लाकै उच्च भेगको बस्ती हो।

यसैगरी तेह्रथुम, संखुवासभासँगको सीमावर्ती क्षेत्र तथा मैवाखोला गाउँपालिकाको शिर तिनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रमा पनि हिमपात भएको छ। 

जिल्लाको मिक्वाखोला गाउँपालिका– ५ पापुङ, सिदिङ्वा गाउँपालिकाको उच्च भागमा हिमपात भएको स्थानीयले बताएका छन्। ताप्लेजुङको हिमाली क्षेत्रमा यस वर्ष फागुन १५ गते पनि हिमपात भएको थियो। यस वर्ष विगतका तुलनामा भने कमै हिमपात भएको छ।

हिमपात र वर्षा भएपछि किसान हर्षित भएका छन्। मकैलगायत खाद्यान्न बाली लगाउने समयमा हिमपात र वर्षा हुँदा किसानले राहत महसुस गरेका छन्। त्यस्तै, नगदे बाली अलैँची, तरकारीलगायत बालीका लागि पनि हिउँ र वर्षाले राहत मिलेको किसानको भनाइ छ।