Skip This
थाहा नगरका वडाध्यक्ष गाँजासहित पक्राउ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
२o८१ बैशाख २८ शुक्रबार १६:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

थाहा नगरका वडाध्यक्ष गाँजासहित पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार १६:२४:oo

मकवानपुरको थाहा नगरपालिकाका एक वडाध्यक्षसहित तीनजना लागुऔषध गाँजासहित पक्राउ परेका छन्। थाहा नगरपालिका– ७ का अध्यक्ष शिवराज थिङसहित तीनजना दुई सय दुई केजी गाँजासहित पक्राउ परेका हुन्।

विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौं र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूको घरबाटै गाँजा बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार वडाध्यक्ष ३९ वर्षीय थिङसहित सोही स्थानका ७६ वर्षीय भीमबहादुर थिङ र ६७ वर्षीय इन्द्रबहादुर थिङको घरमा लुकाइछिपाई राखेको अवस्थामा उक्त परिमाणको गाँजा बरामद भएको हो।

भीमबहादुर र शिवराजको घरबाट ३० वटा पोकामा रहेको २७ किलो गाँजाको धुलो र इन्द्रबहादुरको घरबाट १० वटा बोरामा रहेको एक सय ७५ किलो गाँजा गरी कुल दुई सय दुई किलो गाँजा तथा धुलो बरामद गरेको उनले जानकारी दिए।

पक्राउ परेका तीनैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइएको प्रवक्ता कार्कीले बताए।

ad
ad