१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १७ आइतबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख १७ आइतबार २१:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकार-महावीर वार्ता निष्कर्षहीन, भोलि फेरि बस्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख १७ आइतबार २१:५६:oo

सरकारी वार्ता टोली र आन्दोलनरत राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं वैज्ञानिक महावीर पुनबीचको वार्ता विनानिष्कर्ष टुंगिएको छ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको टोलीले आज साँझ सिंहदरबारमा पुनसँग वार्ता गरेको थियो। तर, पुनले अघि सारेका चारवटा मागमा सहमति जुट्न सकेन। 

‘सिंहदरबारमा बसेको वार्ता विनानिष्कर्ष टुंगिएको छ। म सिंहदरबारबाट फर्किँदै छ,’ पुनले नयाँ पत्रिकासँग भने, ‘अब भोलि दिउँसो ३ बजे पुनः वार्ता हुनेछ।’

अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा विकास बजेटको एक प्रतिशत रकम छुट्याउनुपर्ने र ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’ बनाउनुपर्नेसहित चारवटा माग राखेर पुन नेतृत्वको टोलीले १४ वैशाखबाट माइतीघरमा धर्नामा दिइरहेको छ। सरकारले पुनसँग वार्ता गर्न आजै उपप्रधानमन्त्री खड्काको नेतृत्वमा उच्चस्तरीय वार्ता समिति गठन गरेको थियो।