१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १७ आइतबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख १७ आइतबार १२:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मिटरब्याजीको संरक्षण गर्ने दललाई सरकारले चिन्दैन : मन्त्री श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख १७ आइतबार १२:३४:oo

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजको सम्बन्धमा थप अनुसन्धान र कारबाही अघि बढाइने बताएका छन्।  

आइतबार जनकपुरधाममा अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना गर्दै उनले मिटरब्याजीको हकमा सरकार सदैव कठोर भएर प्रस्तुत हुने बताएका हुन्। 

मधेसमा मिटरब्याजीको जालो फैलिएको दाबी गर्दै मन्त्री श्रेष्ठले राजनीतिक पहुँचको आधारमा कुनै पनि मिटरब्याजीले उन्मुक्ति नपाउने जिकिर गरे। 

मन्त्री श्रेष्ठले मिटरब्याजीको पक्षमा रहेका जोकोही राजनीतिक पार्टीका व्यक्ति र पहुँचवाला व्यक्तिलाई सरकारले कारबाही गर्ने चेतावनी दिए। उनले मिटरब्याजीलाई संरक्षण गर्ने राजनीतिक दलका कार्यकर्तालाई समेत कानुनी दायरामा ल्याइने चेतावनी दिए।